PMC Press

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रसिद्ध ‘जाउँ है पोखरा’ अभियान यस वर्ष पनि शुरु गरिएको छ। पश्चिमाञ्चल होटल संघ पोखराको संयोजनमा आइतबारदेखि सुरु भएको यो अभियानअन्तर्गत पर्यटनकर्मी, संचारकर्मी र अन्य व्यवसायीसहित २० जनाको टोली पूर्वी नेपालका जनकपुर, इटहरी, बर्दिबास, हेटौँडा आदि शहरमा पुगेको छ। त्यहाँ स्थानीय पर्यटन सम्बद्ध निकायसँग छलफल गरी आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि आकर्षित गर्ने लक्ष्य लिइएको छ।

“आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो,” अभियान संयोजक लक्ष्मण सुवेदीले बताए​। पोखरालाई आगामी वर्ष २० लाख पर्यटक पुग्ने लक्ष्यमा पुऱ्याउन यो अभियान सहायक हुने पोखरा पर्यटन बोर्ड गण्डकीका प्रमुखले विश्वास व्यक्त गरे।

Leave a Comment

Your email address will not be published. Required fields are marked *