PMC Press

पोखरा क्षेत्रको विकासमा कोसेढुङ्गा मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। निजी क्षेत्रको हिमालय एयरलाइन्सले चैत १८ गते (मार्च ३१) देखि पोखराबाट चीनको ल्हासा सिधा उडान थाल्ने तयारी गरेको छ​ ।

हालका लागि हप्तामा एकपटक मात्र हुने भनिएको यो उडानसँगै पर्यटकीय नगरी पोखरा सीधा अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा जोडिने छ। पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पोखरामा विदेशी पर्यटकको चाप बढ्ने र स्थानीय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्​

Leave a Comment

Your email address will not be published. Required fields are marked *